मलेठ घटनाले सिकाएको पाठ (सम्पादीय)

सप्तरीको मलेठमा गत वर्ष फागुन २३ गते भएको आततायी घटनाको एक वर्ष पूरा भएको छ । यो एक वर्षमा खोलामा धेरै पानी बगिसकेको छ र राजनीतिमा पनि धेरै उतारचढाव आइसकेको छ तर मलेठको पीडा भने उस्तै छ । मलेठको पीडामा न त सरकारले नै मलहम लगाउन सकेको छ न त मधेशी दलले नै दुःखलाई अनुभूत गर्न सकेका छन् ।
नेकपा एमालेले गत वर्ष ‘मेची–महाकाली राष्ट्रिय अभियान २०७३’ गरेको थियो । गत वर्ष फागुन २३ गते सप्तरीको मलेठमा रहेको गजेन्द्रनारायण औद्योगिक क्षेत्रमा आमसभाको कार्यक्रम तय भएको थियो । आमसभा पश्चात मधेशी मोर्चाका कार्यकर्तामाथि प्रहरीले दमन गर्दा ५ जनाको मृत्यु भएको थियो भने कैयौं घाइते भएका थिए । मृतकहरू कुनै पनि राजनीतिक दलसँग आबद्ध थिएनन् ।


मधेशका जनताको व्यापक समर्थन आफूहरूसित नै रहेको तथा आउने निर्वाचनमा मधेशमा पनि आफ्नै पार्टीले ठूलो सफलता पाउने मनोगत विश्लेषणमा त्यति बेला एमाले रमाइरहेका थिए । यद्यपी एमालेको विश्लेषण सहि पनि सावित भएको छ । वाम गठबन्धन बनाएर नेकपा माओवादी केन्द्रसँग मिलेर प्रतिनिधिसभा र प्रादेशिकसभाको निर्वाचन लडेको उसले पहिलो पार्टी बनेर सरकार पनि बनाएको छ ।


निर्वाचन पूर्व एमालेका नेताहरूले मधेश र मधेशी दलका नेताहरूविरूद्धमा टिकाटिप्पणी गर्दै आएका थिए । ओली उनै व्यक्ति हुन जसले मधेश आन्दोलनमा मधेशी जनताको ज्यान जाँदा समेत सहानुभूतिको सट्टा दुई÷चारवटा आँप झरे केही नहुने निम्नस्तरको टिप्पणी गरेका थिए । त्यसले एमालेप्रति मधेशी जनतामा आक्रोश एवम् वितृष्णाको वातावरण सिर्जना गर्दै आएको थियो । परिणामतः स्थानीय तहसहित प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा एमाले मधेशबाट नराम्ररी पराजित भएको छ । उसले बाँकी ६ वटा प्रदेशमा सरकार बनाए पनि मधेशमा सरकार बनाउनबाट चुकेको छ । यो मलेठ घटनाकै परिणाम हो ।


संघीयताअन्तर्गतको सीमांकनको विषयमा एमालेले जसरी आफूलाई मधेशी जनताको विपक्षमा उभ्याउने काम गरेको छ, यसले उक्त दललार्ई मधेशका जनताको मनबाट टाढा पु¥याएको छ । पार्टीको नाम र झण्डाका कारण भौतिक लाभ उठाइरहेका पार्टीका जिल्ला एवम् गाउँस्तरीय कार्यकर्ता आफ्नो नीहित स्वार्थपूर्तिका निम्ति पार्टीको माला जप्न बाध्य छन् । एमालेबाट अहिले प्रधानमन्त्री बनेका केपी ओलीको मधेशप्रति विगतको छवि र अभिव्यक्त निश्चय पनि मधेशी जनताको भावना विपरीत छ ।


यसरी पटक–पटक सरकारको नेतृत्व गरिरहेको एमालेले विगत दुई वर्षदेखि मधेशी दलका नेता, कार्यकर्ता एवम् जनतालाई होच्याउने, जिस्काउने र घोच्ने खालका टिकाटिप्पणी गर्दै आएका छन् । यहाँसम्म कि मलेठ घटना हुनुभन्दा पूर्व पनि आफ्ना कार्यकर्तालाई जस्तोसुकै परिस्थितिको डटेर मुकाबिला गर्न एक किसिमले भिडन्तको निम्ति तयार रहन उक्साएका थिए ।


नेपालका वामपन्थीहरूले एकपटक होइन अनेकौं पटक असहिष्णुताको प्रदर्शन गरेका छन् । तसर्थ मलेठ घटनाको निम्ति ठूला दलहरूले देखाएको असहिष्णुताको राजनीतिक संस्कारको अनुकरण गरेर मधेशी दलले देखाएको एउटा रूप नै हो ।
धाकधम्कीकै भरमा कसैको दलीय निष्ठा एवम् विचारलाई परिवर्तन गर्न सकिँदैन । वैचारिक लडाइँमार्पmत् भएको विजय दीर्घकालीन हुन्छ । आफ्नो राजनीतिक मुद्दा संविधान संशोधनसँग सम्बन्धित विषय हो तथा यसको निम्ति सबै दलको सहयोग एवम् समर्थन आवश्यक छ भने यथार्थलाई मधेशी दलहरूले पनि बुझ्नु आवश्यक छ ।

तसर्थ देशका सबै राजनीतिक दलसँग समदूरी कायम राख्नु आवश्यक छ । किनभने मधेशी दलहरू विगतमा तीनपटक एमाले नेताको नेतृत्वमा, पटकपटक कांग्रेसको नेतृत्वमा, दुईपटक माओवादी तथा दुईपटक राप्रपाको नेतृत्वको सरकारमा पनि सहभागी भइसकेका छन् तसर्थ देशका राजनीतिक दलहरूसँग सुमधुरसम्बन्ध कायम राख्नु आवश्यक छ ।


तसर्थ सप्तरी घटनाले सरकार, मधेशवादी दलहरू, नेकपा एमालेलगायत प्रतिपक्षी दलहरू तथा नागरिक समाज, मानवअधिकारवादी एवम् प्रेस जगतलाई समेत संवेदनशील हुन प्रेरित गरेको छ ।


प्रकाशित मिति : २०७४ साल फागुन २५ गते शुक्रबार ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com