बैंक अफ काठमाण्डू र एभरेष्टबीच सम्झौता

काठमाडौं । बैंक अफ काठमाण्डू र एभरेष्ट इन्स्योरेन्स कम्पनी बीच बुधबार बैंकान्स्योरेन्स सम्झौता भएको छ । सो सेवा प्रदान सम्बन्धि सम्झौता पत्रमा बैंक अफ काठमाण्डूका बजार व्यवस्थापन विभागका प्रमुख रितेश लामिछाने र एभरेष्ट इन्स्योरेन्सका नायव महाप्रवन्धक प्रदिप मोहन धौभडेलले हस्ताक्षर गरे ।

सम्झौतासँगै विओकेका बैंकका ग्राहकहरूले एभरेष्ट इन्स्योरेन्सका विभिन्न प्रकारका बीमा सेवा प्राप्त गर्न, बीमा शुल्क भुक्तानी गर्न, बीमा लेख लिन तथा बीमा दाबी भुक्तानी सहज रूपमा प्राप्त गर्न सक्नेछन् । सो सेवा बैंक अफ काठमाण्डूका सम्पूर्ण शाखाहरूबाट उपभोग गर्न सक्ने व्यवस्था मिलाइने विज्ञप्तीमा जनाइएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com