एनआईसी एशियाको शाखा मकवानपुरमा

काठमाडौं । एनआईसी एशिया बैंकले मकवानपुरको मनहरीमा शाखा विस्तार गरेको छ । बुधबार विस्तार गरेको शाखाको मनहरी गाउँपालिकाको अध्यक्ष एकराज उप्रेतिले उद्घाटन गरेका हुन् ।
निजी क्षेत्रको बैंकहरूमध्ये शाखा संख्या, पूँजी संरचना। वासलातको आकार, र ग्राहक संख्याको आधारमा आफु एक अग्रणी बैंक भएको विज्ञप्तीमा उल्लेख छ । एनआईसी एशिया बैंकले संम्भावित बजार क्षेत्रमा ग्राहलाई सेवा उपलब्ध गराउने उदेश्यले अन्य स्थानमा पनि शाखा विस्तार गर्दे जाने नीति लिएको छ । मनहरी शाखासँगै एनआईसी एशियाको शाखा संख्या १८० शाखा कार्यालय पुगेको छ । बैंकले चार एक्सटेन्सन काउन्टर तथा १८३ एटिएम मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दे आईरहेको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com