प्रदेश २ का मुख्यमन्त्रीलाई महिला सञ्जालद्वारा ज्ञापन

जनकपुरधाम, २६ फागुन । अन्तर पार्टी महिला सञ्जाल धनुषाले प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीलाई ज्ञापनपत्र दिएको छ । मन्त्रिमण्डलमा एकजना मात्र महिला सहभागिता गराउनु महिलामाथि उपहास भएको भन्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुभाइएको छ ।

सञ्जालकी अध्यक्ष मञ्जुकुमारी यादवले संविधानको धारा ३८ को उपधारा ४ अनुसार राज्यको सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी गराउने प्रावधान रहेको मुख्यमन्त्रीलाई स्मरण गराइन् ।

प्रदेश नं २ मा एकजना पनि महिलालाई मन्त्री नबनाउनु र राज्यमन्त्रीमा एक महिलालाई मात्र सहभागी गराएकोमा ज्ञापनपत्रमार्फत आपत्ति समेत जनाइएको छ । साथै यसलाई अविलम्ब सच्याउन माग समेत गरिएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com