मधेशी दलको विश्वासको मत ओलीलाई

काठमाडौं, २७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले विश्वासको मत दिने भएको छ ।

प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभामा विश्वासको मत माग्दैछन् । ओलीले विश्वासको मत माग्न अगाडिदेखि नै आफूहरुको विश्वासको मत ओलीलाई भन्ने वक्तव्य दिँदै आएका छन् ।

संविधान संशोधनप्रति वाम गठबन्धन सकारात्मक देखिएको र संविधान संशोधन गर्न तयार भएको भन्दै आफूहरुले ओलीलाई विश्वासको मत दिने मधेशी दलका सांसदहरुले बताएका छन् ।

प्रदेश २ मा मधेशी दलहरुको सरकारलाई वाम गठबन्धनले विश्वासको मत दिएको हुनाले पनि आफूहरुले ओलीलाई प्रतिनिधिसभामा विश्वासको मत दिने राजपाका एक सांसदले बताए ।

ती सांसद्का अनुसार संविधान संशोधनमा सहमति नभएसम्म आफूहरु सरकारमा जाने कुनै सम्भावना छैन ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com