संविधान संशोधन हुने विश्वासको साथ राजपाको विश्वासको मत ओलीलाई : यादव

काठमाडौं, २७ फागुन । संविधान संशोधन हुने विश्वासको साथ राष्ट्रिय जनता पार्टी नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिएको घोषणा राजपा नेता महेन्द्र यादवले गरेका छन् ।

संघीय संसद्मा आयोजित विश्वासको मत लिने कार्यक्रममा राजपा नेता यादवले राजपाको विश्वासको मत प्रधानमन्त्री ओलीलाई दिएका हुन् । उनले प्रधानमन्त्रीले जुन वचनबद्धता गर्छन् त्यसमा राजपाको सहयोग र समर्थन रहने बताएका छन् ।

उनले आफ्ना मागहरु पूरा गराउन अब कुनै सम्झौता वा सहमति नगर्ने बताउँदै भने, ‘हामी लिखित सम्झौता धेरै गर्यौं अब एउटा वचनबद्धता गर्नुस् र त्यो पूरा गर्नुस् ।’

उनले संविधान संशोधन गरेर संविधानका त्रुटिहरु सच्याउनु आग्रह गरे । उनले आफूहरुले उठाएका मागरु औचित्य र आवश्यकताको आधारमा संशोधन गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।
संघीय समाजवादी फोरम नेपालले पनि प्रम ओलीलाई विश्वासको मत दिएको छ । फोरम नेपालबाट संघीय संसद्मा सम्बोधन गर्दै सांसद् सरिता गिरीले विश्वासको मत दिएको घोषणा गरिन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com