प्रधानमन्त्री ओलीले पाए विश्वासको मत

काठमाडौं, २७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाएका छन् । ओलीले संसद्को बहुमत अर्थात २०८ मत प्राप्त गरेका छन् भने ६० मत विपक्षमा परेको छ ।

संघीय संसद्मा उपस्थित २६७ सांसद्मध्ये २०८ जनाले प्रधानमन्त्री केपी ओलीको पक्षमा विश्वासको मत दिएका छन् ।

यसैगरी, राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले संविधान संशोधन हुने विश्वासका साथ प्रधानमन्त्री ओलीलाई आफ्नो विश्वासको मत दिएको जनाएका थिए ।

उपसभामुखको चुनाव आगामी चैत्र २ गते हुने र तबसम्मका लागि संघीय संसद्को बैठक स्थगित भएको घोषणा सभामुख कृष्णबहादुर महराले गरेका छन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com