कैलालीको घोडाघोडीमा भएको घटनाप्रति काहुराष्टको ध्यानाकर्षण

काठमाडौं, २७ फागुन । नेपाल लगायत विश्वभर १०८ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहिएको सन्दर्भमा फागुन २५ गते बोक्सिको आरोपमा कैलाली जिल्ला घोडाघडी नगरपालिका वडा नं ५ देउकलियाकी १८ वर्षीय राधा चौधरीमाथि भएको निर्घात कुटपिटको घटनाप्रति मानवअधिकार तथा सामाजिक रुपान्तरण अभियान काहुरास्ट नेपालको ध्यानाकर्षण भएको छ ।

नेपालको संविधानको मौलिक हक र कर्तव्यले प्रत्येक व्यक्तिको सम्मानपूर्वक बाँच्न पाउने अधिकार स्थापित गरेको सन्र्दभमा यसरी एक महिलालाई कथित बोक्सीको आरोप लगाएर अमानवीय व्यवहार हुनु संविधानले प्रदान गरेको हकको उल्लघंन गरेको हो । आजको २१ औँ शताब्दिमा पनि बोेक्सी र धामीझाँक्रीमा विश्वास गरेर एउटी महिलामाथि निर्घात कुटपिट भैरहँदा मान्छेहरुको भिड रमिते बन्नु अझ जनप्रतिनिधि नै मौन रहनु लज्जास्पद् विषय हो ।

घटनामा संलग्न दोषीहरुलाई पक्राउ गरी कडा कार्वाही गर्न र पिडित राधा चौधरीको निःशुल्क उपचार गर्न तथा क्षतिपूर्ति उपलब्ध गराउन काहुराष्ट नेपाल सरकारसँग अनुरोध गरेको काहुराष्टकी महासचिव मीना शर्माले विज्ञप्ति जनाएकी छन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com