अगैयामा पुग्यो भार्गव

दिनेश ठाकुर, बाँके, २७ फागुन । सेवामा तत्परता, हाम्रो प्रतिवद्धता” भन्ने मूल नाराका साथ नेपालगञ्जमा केन्द्रीय कार्यालय रहि स्थापित भार्गव विकास बैंक लि. ले बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नंं. २ स्थित अगैयाबजार, बाँकेमा आफ्नो १६ औं शाखा स्थापना गरि विधिवत रुपमा शुक्रबारदेखि कारोबार शुरु गरेको छ ।

बैंकका पूर्व सञ्चालक रेशम बहादुर खड्काको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रदेश नं. ५ का प्रदेश सभा सदस्य कृष्णा के.सी. नमूना र नेपाल राष्ट्र बैंक नेपालगंजका कामु निर्देशक शेलेन्द्र रेग्मीले संयुक्तरुपमा शाखाको उद्घाटन गरे ।

यस शाखाबाट शुरुवात देखि नै बैंकले प्रदान गर्ने सम्पूर्ण कर्जा सुविधाहरु छिटो र सरल रुपमा उपलब्ध गराउनुको साथै सबै संघसंस्थाहरु, तथा सबै खालका तह र तप्काका ब्यक्तिहरुलाई मध्यनझर गरि विभिन्न खालका बचत योजनाहरु, आवधिक मुद्दती योजनाहरु लगायतका सम्पुर्ण रेमिट्यान्स सेवाहरु उपलब्ध गराइनेछ ।

बैंकले चालु आ.व.को माघ महिना सम्ममा रु २ अर्ब ६० करोड माथि निक्षेप संकलन तथा रु २ अर्ब १५ करोड कर्जा लगानी गर्न सफल भएको छ भने सोहि अवधि सम्ममा बाँके, दाङ्ग र बर्दियाका ग्रामीण क्षेत्र समेतका गरि करिव ४५ हजार ग्राहकहरुलाई सेवा पुर्याउन सफल भएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृतले यस क्षेत्र तथा आसपासका गाँउ गाँउ सम्म आर्थिक विकास गर्न बैंकले उचित भूमिका खेल्ने लक्ष्य सहित यस क्षेत्रका ग्राहकको चाहना र आवश्यकता अनुसार नै सेवा प्रवाह गर्दै जाने जानकारी गराउदै सबैको साथ र सहयोगको अपेक्षा राखिएको बताए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com