राजनीतिक दलका प्रतिनिधिसँग अन्तरक्रिया तथा छलफल ।

काठमाडौं, २७ फागुन । राष्ट्रपति निर्वाचन सञ्चालन र व्यवस्थापनको तयारीको क्रममा निर्वाचन आयोगमा राजनीतिक दलका प्रतिनिधिहरुसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी), संघीय समाजबादी फोरम, नेपाल, राष्ट्रिय जनता पार्टी नेपाल लगायत प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य दलका नेता तथा सभासदहरु गरी जम्मा २२ जनाकोे उपस्थिति रहेको थियो । कार्यक्रमको शुभारम्भ सत्रको अध्यक्षता गरेका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचन आयोगले संवैधानिक दायित्व बमोजिम सम्पन्न गर्नुपर्ने विभिन्न निर्वाचन मध्ये देशको सबैभन्दा उच्च पदस्थ पदको निर्वाचन राष्ट्रपतिको निर्वाचन भएको र त्रुटीरहित तवरले यो निर्वाचन सम्पन्न गर्ने सन्दर्भमा सबै राजनीतिक दलसँग सहयोगका लागि आग्रह गरे ।

निर्वाचन आयुक्तहरु इला शर्मा, नरेन्द्र दाहाल, ईश्वरी प्रसाद पौड्याल, निर्वाचन आयोगका सचिव वेगेन्द्रराज शर्मा पौड्यालको उपस्थिति रहेको उक्त कार्यक्रममा आयोगका सहसचिव एवं प्रवक्ता नवराज ढकालले राष्ट्रपति निर्वाचन सम्बन्धी कानुनी व्यवस्था, गर्नुपर्ने व्यवस्थापकीय पक्ष, मतदान गर्ने सहि तरिका तथा मतगणनासम्बन्धी विषयमा प्रस्तुतीकरण गर्नुहुँदै छलफल सम्पन्न भएको थियो ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com