ट्याक्टरले साइकललाई ठक्कर दिँदा एकको मृत्यु

कैलाली, २७ फागुन । गोदावरी नगरपालिका–१ स्थित राजमार्गमा से.१त ३१४२ नम्बरको ट्याक्टरले आइतबार साइकललाई ठक्कर दिदाँ एकको मृत्यु भएको छ । साइकल चालक सोही नगरपालिका–४ बस्ने २२ वर्षीय सुसिल ओझाको मृत्यु भएको हो ।

ट्याक्टर अनियन्त्रित भई पल्टेर दुर्घटना हुदाँ अन्य ३ जना समेत घाइते भएकोले उपचारको लागि सेती अंचल अस्पताल धनगढी पठाइएकोमा उपचारको क्रममा सुशिल ओझाको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com