बाल विवाहमुक्त वडाका लागि व्यक्तिगत घटना दर्ता अभियान

कपिलवस्तु, २७ फागुन । कपिलवस्तु नगरपालिका वडा नम्बर १२ सौरहालाई बाल विवाहमुक्त वडा घोषणा गर्ने अभियानलाई सफल बनाउन पाँचदिने व्यक्तिगत घटना दर्ता अभियान शुरु गरिएको छ ।

वडा कार्यालयको आयोजनामा यहि चैत्र ९ गते बालबिवाह मुक्त वडा घोषणा गर्न थालिएको नगरपालिकाको सो वडामा अभियान चलाईएको हो ।

अभियानको पहिलो दिन सौरहामा सम्पन्न दर्ता अभियानमा ३८ जनाले जन्मदर्ता, ७ जनाले बिवाह दर्ता र २ जनाले मृत्यु दर्ताको प्रमाणपत्र लिएको वडा सचिव मदन प्रदान घिमिरेले जानकारी दिए ।

अभियान अन्र्तगत सौरहा, बिढुवा, पिपरहवा, बेलभरिया र अकबरपुरमा नागरिकको घरघरमै पुगेर सो सेवा दिने योजना रहेको सचिव घिमिरेले बताए ।

वडालाई बालबिवाह मुक्त घोषणा गर्ने अभियान अन्तिम चरणमा पुगेको जानकारी दिदै मुक्त अभियानको सुचकहरुलाई पुरा गर्ने उद्धेश्यका साथ व्यक्तिगत घटना दर्ताको अभियान अघि बढेको वडा अध्यक्ष ओमप्रकाश पाण्डेयले बताए ।

अभियान अन्र्तगत हालसम्म सूचक निर्धारण, तथ्याङ्क संकलन, बस्तीस्तरीय निगरानी समिती गठन र प्रशिक्षण, बिधालयस्तरीय निगरानी समिती गठन, प्रचारप्रसार, कानुनी सचेतना प्रवाह लगायतका कार्य गरिएको पाण्डेयले जानकारी दिए ।

बालबिवाह मुक्त अभियान घोषणा कार्यमा साथी नामक संस्थाद्धारा सञ्चालित आस्था परियोजनाले प्राबिधिक र अन्य सहयोग गर्दै आएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com