नेपालको राजनीतिक स्थायित्व र जनचाहनाबमोजिम समृद्धिको पक्षमा भारत : जोली

काठमाडौं, २८ फागुन । भारतीय जनता पार्टीका वरिष्ठ नेता विजय जोलीले नेपालको राजनीतिक स्थायित्व र जनचाहनाबमोजिम समृद्धिको पक्षमा भारत सरकार रहेको बताएका छन् ।

सोमबार बिहान होटल याक एण्ड यतिमा नेपाल भ्रमणमा रहेका भाजपाका वरिष्ठ नेता जोली र मधेश मिडिया हाउसका अध्यक्ष डा. राजेश अहिराजसँगको भेटवार्ताको क्रममा जोलीले सो कुरा बताएका हुन् ।

सो भेटवार्ताको क्रममा जोलीले नेपालको सबै राजनीतिक दल र सबै पक्षसँग समभाव राख्ने, दुई देशीय सम्बन्ध झन् स्वस्थ बनाउन बौद्धिक व्यक्तिहरुमा विशेष सक्रिय र सचेतनाको आवश्यकता रहेको औंल्याए ।

उनले गौरवमय नेपालको इतिहास र नेपाली नागरिकहरुको सुन्दर भविष्यका लागि भाजपा र भारत सरकार हरेक सकारात्मक पक्षमा सहकार्य गर्न तयार रहेको बताएका थिए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com