प्रभुका नयाँ दुई शाखा

काठमाडौं । प्रभु बैंकले बाग्लुङको बरेङ गाउँपालिका र कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा शाखा कार्यालय नयाँ शाखा सञ्चालनमा ल्याएको छ । संघीय संरचनाबमोजिम गठित विभिन्न स्थानीय तहमा रहेका सेवाग्राहीहरुलाई सरल र सहजरुपमा बैंकिङ् सेवा पु¥याउने उद्देश्यका साथ नयाँ शाखा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।
बाग्लुङको बरेङ गाउँपालिकाको सोही गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्मा र कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिकाको सोहि गाउँपालिका उपाध्यक्ष सुष्मा कुमारी दवाडीले उद्घाटन गरेका हुन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com