चार महिनाको तलब नपाएको भन्दै शिक्षकहरुद्वारा वीरगन्ज महानगरमा धर्ना

नेहाल खान, वीरगन्ज, २८ फागुन । वीरगंज महानगरपालिकाका शिक्षकहरुले चार महिनाको तलब नपाएको विरोधमा महानगर कार्यालयको मुख्यद्वार बन्द गरी धर्नामा बसेका छन् ।

वीरगंज महानगरपालिकामा ३२ वटा वडाहरु मा ९३ वटा विद्यालयहरु रहेका छन् । यस ९३ वटा विद्यालयहरुमा ९५३ जना शिक्षक र शिक्षीकाहरु कार्यरत रहेका छन् ।

वीरगंज महानगरपालिका भएदेखि ९५३ जना शिक्षकहरुलाई चार महिनादेखि तलब, भत्ता, मसलन्द जस्ता आर्थिक सुविधा नपाएकोले शिक्षकहरु बाध्य भई आन्दोलनमा ओर्लिएको बताउँछन् ।

यदि स्थानिय निकायले शिक्षकहरुको समस्या समाधान गरेन भने चैत्र ३० गते हुन गइरहेको विद्यायलस्तरका सबै फाइनल परीक्षाहरु वहिष्कार गरिने आन्दोलित शिक्षक राजेन्द्र सिंहले बताए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com