सेञ्चुरी बैंकको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । सेञ्चुरी बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । सेञ्चुरी कमर्सियल बैंकले निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सञ्चालन गरि सम्पन्न गरेको छ ।
बैंकले कम्पनीको सातौं वार्षिकोत्सवको अवसरमा आफ्नो प्रधान कार्यालय पुतलीसडकमा उक्त कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको हो । उक्त शिविर चाबहिल, काठमाडौंस्थित ओम हस्पिटल एण्ड रिर्सच सेन्टर प्रा.लि. बाट चिकित्सक तथा पुल्चोक, ललितपुरस्थित रक्तसञ्चार सेवा केन्द्रको सहयोगमा सम्पन्न भएको थियो ।
बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालित शिविरमा सामान्य स्वास्थ्य परीक्षणका साथसाथै आखाँ, मुटु, अर्थो तथा ग्यास्ट्रो सम्बन्धी स्वास्थ्य परीक्षण पनि गरिएको थियो । बालबालिकादेखि वृद्धवृद्धासमेतको सहभागी उक्त शिविरमा एकसयभन्दा बढीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो । रक्तदान कार्यक्रमा पनि ७० जनाभन्दा बढीको सहभागी भएको बैंकले जनाएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com