प्रदेश ५ का प्रदेश प्रमुख झाले पदमा रहुन्जेल दोहोरो सुविधा नलिने

चन्द्रकान्त खनाल, रुपन्देही, २८ फागुन । प्रदेश नं. ५ का प्रदेश प्रमुख उमकान्त झाले पदमा रहुन्जेल दोहोरो सुविधा नलिने बताएका छन् । नेपालको संविधानको धारा १,६२ को उपधारा २ बमोजिम झा प्रदेश नं. ५ को प्रदेश प्रमुखमा नियुक्त भएका थिए ।

उनी नेपाल सरकारको सचिवबाट सेवानिवृत भएको र निवितृभरण नलिने बताएका छन् । उनले लिँदै आएको भत्तालाई नलिनका लागि निवितृभरण ब्यबस्थापन कार्यालय टेकु काठमाडौंलाई जानकारी गराएको बताएका छन् ।

प्रमुख झाले सोमबार एक विज्ञप्ति जारी गरि उक्त कुरा जानकारी गराएका हुन् । उनले उक्त जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई समेत दिएको जानकारी गराएका छन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com