टीकापुर घटनाका आरोपित २४ जनाद्वारा अमरण अनसन स्थगित

कैलाली, २८फागुन । टीकापुर घटनाको अभियोगमा कैदीबन्दीको जीवन बिताइरहेको २४ जनाले आमरण अनसन स्थगित गरेका छन् । उनीहरुले कैलाली क्षेत्र नं. १ का निर्वाचित रेशमलाल चौधरीलाई प्रमाण पत्र दिनुपर्ने, झुठामुद्दा फिर्ता गर्नुपर्ने लगायतका माग राखी नौ दिनदेखि कारागारभित्रै आमरण अनसन थालेका थिए ।

स्थानीय प्रशासनसँग चाबुँदे सहमति गरेर कारागारमा रहेका २४ जना कैदीबन्दीले आमरण अनसन स्थगित गरेका हुन् ।

रेशम चौधरीको सपथ ग्रहणका लागि सम्बन्धित निकायहरुमा जिल्ला प्रशासन कार्यालयले अविलम्व जानकारी गराउने, टीकापुर घटनामा थुनिएका माथि लगाइएका मुद्दा फिर्ता लिन र क्षतिपू्िर्तका लागि १५ दिन भित्र सम्वोधन गरिनुपर्ने सर्त राखेर उनीहरुले अनशन तोडेका छन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com