धनुषामा दुई कार ठोक्किँदा आठ घाइते

धनुषा, २८ फागुन । मिथिला नगरपालिका–३ स्थित पूर्व–पश्चिम राजमार्गमा दुई वटा कार एकआपसमा ठोक्किँदा आठ जना घाइते भएका छन् । स.१ च १२१७ नम्बरको बिवाहको कार र डब्ल्यूबी ७४ यु १९६६ नम्बरको कार सोमबार एकआपसमा ठोकिएको थियो ।

दुर्घटनामा कार चालक सिरहा लहान नगरपालिका–१९ बस्ने ३० वर्षीय बिजयकुमार मण्डल लगायत ८ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि विराटनगरतर्फ लगिएको छ । दुबै सवारी साधन प्रहरीको नियन्त्रणमा छन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com