हिरमिनियाँमा व्यावसायिक मकै खेति प्रविधि विषयक कृषकस्तरीय तीनदिने तालिम सुरु

दिनेश ठाकुर, नेपालगन्ज, २८ फागुन । बाँकेको डुडुवा गाउँपालिका वडा नं. ६ हिरमिनियाँमा व्यावसायिक मकै खेति प्रविधि विषयक कृषकस्तरीय तीनदिने तालिम सोमबारदेखि सुरु भएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई (मकै जोन) को आयोजनामा भएको तालिम उद्घाटन कार्यक्रममा सहभागीले मकै जोन कार्यक्रमले कृषकलाई फाइदा पुगेको बताए ।

सरस्वती मावि भंघोटनाको हलमा सुरु भएको तालिममा सहभागीहरुले परियोजनाले कृषकका लागि उल्लेख्य काम गरेको बताउँदै परियोजनाबाट कृषकले फाइदा लिनुपर्ने धारणा राखे ।

मकै जोन संचालक समितिका अध्यक्ष जयपाल मौर्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पत्रकार यदुराज मिश्रले कृषकका लागि सरकारले परियोजना संचालन गरेको बताउँदै परियोजनाबाट कृषकले फाइदा लिन सक्नु पर्ने बताए ।

२५ जना कृषकको सहभागिता रहेको तालिममा उनले मकै जोन कार्यक्रमले हिरमिनिया क्षेत्रका कृषकलाई उन्नत खेतितर्फ आकर्षित गरेको बताउँदै धेरैभन्दा धेरै फाइदा लिन कृषक चनाखो हुनुपर्ने धारणा राखे ।

उद्घाटन कार्यक्रममा मकै जोन परियोजनाका प्रमुख एवं बरिष्ठ कृषि अधिकृत देवेश कुमार मिश्र, कृृषि अधिकृत तथा तालिमका प्रशिक्षक शकिल अहमद, कृषि प्राविधिक गणेश प्रसाद यादव, प्राविधिक जेदु घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

गुरुदिन यादवले उदघोषण गर्नु भएको तालिममा मकै उत्पादन, यान्त्रिकरण, प्रशोधन, बजारिकरण लगायत विषयमा कृषकलाई तालिम दिइने परियोजना प्रमुख मिश्रले जानकारी दिए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com