युएस बंगलाको विमान दुर्घटनाप्रति राजपाद्वारा सम्वेदना प्रकट

काठमाडौं, २८ फागुन । बंगलादेशबाट उडेको युएस बंगाल विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा भएको दुर्घटनामा हुन गएको मानवीय क्षति र भौतिक क्षतिप्रति राष्ट्रिय जनता पार्टी नेपालले दुःख व्यक्त गरेको छ ।

राजपा संयोजक महन्थ ठाकुरले सोमबार एक विज्ञप्ति जारी गरी ‘राजपा नेपाल यस शोकपूर्ण घडीमा मृतकहरुको परिवारप्रति हार्दिक सम्वेदना व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।’ उल्लेख गरेका छन् ।

राजपा नेपालले घाइतेहरुका निम्ति उपलब्ध सबै उपचारको समुचित व्यवस्था हुन र मृतकको परिवारलाई क्षतिपूर्ति तत्काल उपलब्ध गराउन नेपाल सरकार तथा सम्बन्धित पक्षसँग माग गरेको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com