विमान दुर्घटनाप्रति प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त

काठमाडौं, २८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेद समक्ष काठमाडौंमा भएको युएस बंगलाको बम्बार्डियर विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । बंगलादेशका प्रधानमन्त्रीलाई टेलिफोन सम्पर्क गर्दै प्रधानमन्त्री ओलीले दुर्घटनामा भएको मानवीय र भौतिक क्षतिप्रति नेपाल सरकारको तर्फबाट दुःख व्यक्त गरेका हुन् ।

बंगलादेशी प्रधानमन्त्रीसँगको टेलिफोन संवादमा प्रधानमन्त्री ओलीले दुर्घटनामा परी ज्यान गुमाएका यात्रु र दुर्घटनाबाट भएको भौतिक क्षतिप्रति नेपाल सरकार दुःखी रहेको बताए । संवादका क्रममा प्रधानमन्त्री ओलीले दुर्घटनामा दिवंगत भएका यात्रुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

त्रासद् दुर्घटनाले आफू स्तब्ध भएको र दुर्घटनाको खबर पाउनासाथ नेपाल सरकारले शीघ्रातिशीघ्र उद्धार कार्य अघि बढाएको जानकारी दिए । बंगलादेशको राजधानी ढाकाबाट ६७ जना यात्रु लिएर काठमाडौं आएको यूएस बंगलाको बम्बार्डियर जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएलगत्तै प्रधानमन्त्री ओली घटनास्थल निरीक्षण गर्न पुगेका थिए । बंगलादेशका प्रधानमन्त्रीसँगको टेलिफोन संवादमा प्रधानमन्त्री ओलीले आफूले घटनास्थल निरीक्षण गरेको समेत वताएका थिए ।

दुर्घटनाको यथार्थ कारण पत्ता लगाउन नेपाल सरकार मन्त्रिपरिषद् बैठकबाट आयोग गठन गर्ने प्रधानमन्त्रीले जानकारी गराए । बंगालदेशका प्रधानन्त्रीले दुर्घटना लगत्तै उद्धारका लागि नेपाल सरकारले देखाएको तदारुकताप्रति धन्यवाद व्यक्त प्रधानमन्त्री सचिवालयले जनाएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com