मुस्लिम संघ नेपाल कपिलवस्तुमा असअद कमाल

मणि प्रसाद गैह्रे, कपिलवस्तु, २८ फागुन । नेपाली कांग्रेसको भातृ संस्था मुस्लिम संघ नेपाल कपिलवस्तुको दोस्रो अधिवेशनले असअद कमालको अध्यक्षतामा जिल्ला कार्य समिति चयन गरेको छ । जसको उपाध्यक्षयमा मनौहर हुसेन, सचिवमा सैराज अहमद खां, सहसचिवमा मोहम्मद सरिफ मुसलमान, कोषध्यक्षयमा नजरुन निसा, सहकोषाध्यक्षमा अतिकुर रहमान निर्वाचित भएका छन् ।

त्यस्तै जिल्ला कार्य समिति सदस्य मोहम्मद सरफराज, कलिमुन निसा, शौकत अलि, मोहम्मद युनुस, वाजिवुल लैन शाह, शाहबुद्धिन कुज, औवैदुर रहमान, अफाक अहमद, महवुद अहमद निर्वाचित भएका छन् । त्यस्तै महाधिवेशन प्रतिनिधिमा मोहम्मद जमसेद खाँ, मोहम्मद वजिह अरसद, मोहम्मद मुस्तफा, अफताब आलम र अकेल मिया निर्वाचित भएका छन् ।

कार्यक्रमको उद्घाटन गर्दै नेपाली कागे्रंसका पार्टी सभापति एवं पुर्व सिचांइ राज्यमन्त्री सुरेन्द्रराज आचार्यले महिला, दलित जनजाती, मुस्लिम, अल्पसंख्यक जस्ता जातजातिको समावेशिता र सामाजिक न्यायमा पहुंच वढाउने र सविधानमा समेत समावेशिताको ग्यारेन्टी गर्ने एक मात्र पार्टी कांग्रेस भएको उल्लेख गरे ।

साथै अन्य विकास र सहभागिमा समेत सबैलाई अवसर र सम्मान दिई अगाडी बढ्ने आचार्यले बताए । सो अवसरमा केन्द्रीय नेता मोहम्मद मुख्तार, कौशल शाह लगायतले समावेशिता र विकासको बारेमा बोलेका थिए । त्यस्तै, नेपाली कांग्रेस क्षेत्र नं. १ का सभापति केशव कुमार श्रेष्ठ, युवा नेता अजय थापा लगायतले अधिवेशन सफलताको शुभकामना दिएका थिए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com