गोली प्रहारबाट घाइते

कैलाली, २९ फागुन । घोडाघोडी नगरपालिकाका मेयर सोही नगरपालिका–१ बस्ने ममताप्रसाद चौधरीलाई आफ्नै घरमा बसिरहेको अवस्थामा सोमबार साँझ अपरिचित व्यक्तिहरुले गोली तथा खुकुरी प्रहार गरी गम्भीर घाइते बनाई फरार भएका छन् ।
मेयर चौधरीको घोडाघोडी अस्पताल सुख्खडमा सामान्य उपचार पश्चात मेडिकल कलेज कोहलपुर बाँके लगि उपचार भइरहेको छ । घटनास्थलबाट से.२ प ३६७१ नम्बरको मोटरसाइकल प्रहरीले बरामद गरेको छ ।
गोली प्रहार गर्ने समूहको खोजी गर्नुको साथै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com