राष्ट्रपति निर्वाचनको मतदान जारी

काठमाडौँ, २९ फागुन । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदका लागि भएको निर्वाचनमा मतदान जारी रहेको छ ।
निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार प्रदेशसभाका कूल ५४९ प्रदेशसभा सदस्यमध्ये २३७ जनाले मतदान गर्नुभएको छ भने संघीय संसद्का कूल ३३१ सांसदमध्ये २०५ जनाले मतदान गरिसकेका छन् । हालसम्म करिव ५० प्रतिशत मतदान भएको आयोगले जनाएको छ ।
संघीय संसद् भवन, नयाँ बानेश्वर परिसरको पूर्वतर्फको खाली स्थानमा संघीय संसद् र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरी मतदान गराइएको छ । मतदानको समय अपराह्न ३ः०० बजेसम्मका लागि तोकिएको छ ।
राष्ट्रपतिको निर्वाचनमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वसांसद कुमारीलक्ष्मी राई प्रतिष्पर्धामा छिन् । राष्ट्रपतिको निर्वाचन संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुने व्यवस्था गरिएको छ ।
निर्वाचन व्यवस्थित गर्न सुरक्षा व्यवस्थालाई चुस्त तुल्याउनाका साथै प्रत्येक केन्द्रमा महिला र पुरुषका लागि बेग्लाबेग्लै लामको व्यवस्था गरिएको छ । आयोगका प्रवक्ता ढकालका अनुसार राष्ट्रपति निर्वाचनका लागि संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) का ३३१ र प्रदेशसभाका ५४९ सदस्य गरी ८८० जना मतदाता छन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com