दोस्रो सप्तरी महोत्सव शुरु

राजविराज, २९ फागुन । सप्तरीको राजविराजमा ‘दोस्रो सप्तरी महोत्सव २०७४’ शुरु भएको छ ।
महोत्सव उदघाटन गर्दै प्रदेश नं. २ का प्रमुख रत्नेश्वरलाल कायस्थले अर्थतन्त्रको विकासका लागि देशमा श्रम, सीप र साधनको उचित विकास हुनपर्ने बताए ।
तराई मधेसमा बसोबास गर्ने आदिवासी, जनजाति, दलित, मुस्लिमसहित मुलुकको समग्र विकासका लागि यस्र्ता व्यापार मेलाको आवश्यकता रहेको पनि उनले बताए ।
प्रदेश नं. २ का विकासमन्त्री नवलकिशोर साहले उद्योगको विकास गर्नसके जिल्लाको समग्र विकास हुने विचार व्यक्त गरे ।
पर्यटन क्षेत्रको पहिचान तथा विकासमा सहयोग गर्ने, आधुनिक नयाँ प्रविधि, उपकरण एवं मेसिनका बारेमा जानकारी गराउने, उत्पादन र उपभोक्ताबीच सम्बन्ध अभिवृद्धि गर्ने, लगानीका अवसर सिर्जना गर्ने तथा मिथिला, थारु, मुस्लिम, मारवाडी, नेवार, मगरसहित विभिन्न संस्कृतिको सांस्कृतिक प्रदर्शनी गर्ने र खानाका विभिन्न परिकारको स्वाद दिइने उद्देश्यले शुरु भएको सो महोत्सवमा १५० स्टल राखिएका छन् ।

 


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com