मुख्यमन्त्री राउतद्वारा पुल शिलान्यास

पर्सा, २९ फागुन । प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले पर्साको छिपहरमाई गाउँपालिकास्थित ओरिया खोलामा निर्माण हुन लागेको पुलको शिलान्यास गरेका छन् ।
सो अवसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रदेश नं. २ को विकासका लागि विदेशी दातृ निकाय लगानी गर्न तयार भएपनि यसका लागि केन्द्र सरकारसँग अनुमति लिनुपर्ने कानुनी प्रावधानका कारण लगानी ल्याउन नसकेको बताए ।
मुख्यमन्त्री राउतले राज्य सञ्चालनका लागि प्रदेश सरकारले आवश्यक ऐन कानुन तीन महिनाभित्र निर्माण गर्ने उल्लेख गर्दै तत्काल एक दर्जन कानुन निर्माणमा प्रदेश सरकार जुटेको उल्लेख गरे ।
चार मिटर चौडाई, १० मिटर उचाइ र ४३ मिटर लम्बाइको उक्त पुल रु तीन करोड ५१ लाखको लागतमा निर्माण हुन लागेको जनाएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com