भारतीय सीमा क्षेत्रका जनता विकास कार्यक्रमबाट लाभान्वित

विराटनगर, २९ फागुन । मोरङ जिल्लाको सीमावर्ती भारतीय क्षेत्रसँग जोडिएका क्षेत्रका बासिन्दाको क्षमता विकासका लागि सञ्चालित ‘सीमा क्षेत्र विकास कार्यक्रम’ लागू भएसँगै विकास निर्माण कार्यले गति लिन थालेको छ ।
मोरङ जिल्लाअन्तर्गत पर्ने विराटनगर महानगरपालिकासहित रंगेली, सुुनवर्सी, रतुुवामाई नगरपालिका तथा जहदा र धनपाल गाउँपालिकाका भारतीय सीमा क्षेत्र विकास कार्यकम सञ्चालनमा आएको हो ।
दुुई वर्षदेखि सञ्चालनमा आएको सीमा क्षेत्र विकास कार्यक्रमअन्तर्गत गतवर्ष रु तीन करोड ५० लाख रकम विनियोजित भएको थियो ।
उक्त रकमबाट सडक, पुुल पुुलेसा निर्माणदेखि किसानका लागि बोरिङ, साना सिँचाइ योजनासमेत सञ्चालनमा आएका छन् ।
विकास निर्माणका पूर्वाधारदेखि स्थानीयवासीको आयआर्जन, सीप विकासमा बजेट खर्च भएको कार्यक्रमका इन्जिनियर कञ्चन भट्टराईले बताए ।
भारतीय क्षेत्रभन्दा नेपालको क्षेत्रका बासिन्दा मानव विकास सूचकांकमा पछि परेको तथा भौतिक पूर्वाधार र सामाजिक क्षेत्रमा समेत पछाडि रहेको पाइएकाले नेपाल सरकारले उक्त कार्यक्रम सञ्चालनमा ल्याएको हो ।
कार्यक्रमअन्तर्गत मोरङ जिल्लामा २.५ किलोमिटर कालोपत्र सडक, कल्भर्ट, कृषि बजारका लागि भवन निर्माण, १३ जना किसानलाई निःशुल्क पम्पसेट वितरण तथा डिप बोरिङ, २२ जना किसानलाई हाते ट्र्याक्टरसमेत वितरण गरेको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com