क्याम्पस भवन निर्माण शुरु

बर्दिवास, २९ फागुन । महोत्तरी जिल्लाको बर्दिवास–१४ मा बर्दिवास जनता बहुमुखी क्याम्पस बर्दिवासको आठकोठे भवन निर्माण कार्य शुरु भएको छ । बर्दिवास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले अहिलेको क्याम्पस भवनकै माथिल्लो तलामा आठकोठे भवनको निर्माण कार्यको शुभारम्भ गरे ।
क्याम्पसको माथिल्लो तलामा आठकोठे दोस्रो तला निर्माणका लागि बर्दिवास नगरपालिकाले रु ४५ लाख उपलब्ध गराएको छ । त्यसैगरी विश्वविद्यालय अनुदान आयोगबाट रु १२ लाख उपलब्ध हुने प्रक्रिया अन्तिम चरणमा पुगेको क्याम्पस प्रमुख तोपबहादुर ठकुरीले जानकारी दिए ।
दोस्रो तला निर्माणमा रु ६९ लाख खर्च हुने प्राविधिक अनुमान रहेको छ ।
क्याम्पसले थप तेस्रो तल्लामा आठ कोठा निर्माणका लागि शिक्षाप्रेमी विभिन्न व्यक्तिलाई आह्वानसमेत गरेको छ ।
शिक्षाशास्त्र र वाणिज्य सङ्कायमा स्नातक तहको पठनपाठन सञ्चालन गरिरहेको क्याम्पसले अब स्नातकोत्तरको पठनपाठनका लागि त्रिभुवन विश्वविद्यालयमा संवद्र्धन प्रक्रिया बढाएको छ । बर्दिवासमा यो क्याम्पस स्थापना भएयता विवाहिता महिलाका लागि उच्च शिक्षा जारी राख्न निकै सजिलो भएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com