महोत्तरीका गाउँका वनमा नीलगाई फेला

गौशाला, २९ फागुन । महोत्तरीको दक्षिण पश्चिमवर्ती आधा दर्जन गाउँमा एकैसाथ १०० भन्दा बढी नीलगाई फेला परेका छन् ।
भारतसँग सीमा जोडिएको महोत्तरीको मनरा, एकडारा, इटहर्वाकट्टी, भोलही, पोखरभिण्डा, सम्सीलगायतका गाउँमा दुर्लभ वन्यजन्तुका रुपमा रहेको नीलगाई १०० भन्दा बढीको संख्यामा देखिएको स्थानीय बासिन्दाले बताएका छन् ।
स्थानीयवासीले यसअघि कहिले नदेखिएको गाईजस्तो तर निलो रंगका ती जनावर एक्कासि गाउँको वनमा आएपछि गाउँले जनावरलाई हेर्न वनमा ओइरो लागेको छ ।
जिल्लाको माथिल्लो भागमा रहेका वन जंगलमा डढेलो, चोरी शिकारीजस्ता क्रियाकलापले तीव्रता पाएका कारण दुर्लभ वन्यजन्तु नीलगाई महोत्तरीको तल्लो क्षेत्रतिर आएको हुनसक्ने स्थानीयवासीले आशंका गरेका छन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com