विद्यादेवी दुई तिहाईभन्दा बढी मतका साथ राष्ट्रपतिमा निर्वाचित

काठमाडौं, २९ फागुन । वाम गठबन्धनकी उम्मेदवार विद्यादेवी भण्डारी दुई तिहाईभन्दा बढी मतका साथ दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएकी छन् ।

मंगलबार भएको निर्वाचनमा वामगठबन्धनकी उम्मेदवार भण्डारीले ३९ हजार २७५ मतका साथ निर्वाचित भएकी छन् भने नेपाली कांग्रेसकी कुमारी लक्ष्मी राईले ११७३० मत पाएकी छन् ।

वाम गठबन्धनकी उम्मेद्वार भण्डारीको पक्षमा मधेशकेन्द्रित दल राष्ट्रिय जनता पार्टी नपाल र संघीय समाजवादी फोरमले पनि मतदान गरेको थियो । राष्ट्रपति भण्डारीको शपथ ग्रहण बुधबार हुने जनाइएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com