रक्षामन्त्री र भारतीय राजदूतबीच शिष्टाचार भेट

काठमाडौं, २९ फागुन । रक्षामन्त्री ईश्वर पोखरेलले नेपालका लागि भारतीय राजदूत मन्जीवसिंह पुरीसँग शिष्टाचार भेट गरेका छन् । मंगलबार सिंहदरबारस्थित रक्षा मन्त्रालयमा भेटघाट भएको हो ।

मन्त्री पोखरेलले नेपाल र भारतबीचको सम्बन्ध प्रगाढ रहेको र यस प्रकारको सम्बन्ध दुवै देशका सरकार र जनताबीच मात्र नभई प्रकृति प्रदत्तरुपमा नै विकास हुँदै गएको बताए ।

नेपाली सेनाको क्षमताको विकासका लागि भारत सरकारले पु¥याउँदै आएको सहयोग र सद्भावप्रति आभार प्रकट गर्दै उनले आगामी दिनमा पनि निरन्तर सुमधुर सम्बन्ध रहने अपेक्षा राखे ।

राजदूत पुरीले नेपाल–भारतबीचको सम्बन्ध घनिष्ठ रहेको र दुवै देशबीच सामाजिक तथा सांस्कृतिकरुपमा पनि मजबुत रहेको चर्चा गरे ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com