अखण्डतामा असर पर्ने गरी संशोधन हुँदैन : प्रधानमन्त्री ओली

काठमाडौं, ३० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान गतिशील दस्तावेज भएकोले आवश्यकता र औचित्यका आधारमा संशोधन गर्न सकिने स्पष्ट पारेका छन् ।

प्रधानमन्त्री ओलीलाई संसदमा विश्वासको मत दिएका प्रतिनिधिसभा सांसद, राष्टिकय सभा तथा प्रदेश सभाका सांसदहरुलाई प्रधानमन्त्री निवास बालुवाटारमा धन्यवाद दिने क्रममा बुधबार प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

‘संविधान समयको मागअनुसार संशोधन हुन्छ’ ओलीले भने, ‘तर देशलाई नोक्सानी हुने गरी, अखण्डतामा असर पर्ने गरी संशोधन हुँदैन । देशलाई थप मजवुद तर एकतावद्ध पार्नका लागि संशोधन हुन्छ ।’

उनले सरकालाई आतंककारी क्रियाकलाप सैह्य नहुने बताए । अप्राकृतिक, असामाजिक तत्वहरुले यस किसिमका क्रियाकलापबाट फाइदा लिन्छु भन्ने नसोचे राम्रो हुने प्रधानमन्त्री ओलीको चेतावनी छ ।

प्रधानमन्त्री ओलीले सरकार हिंसा र अपराध रोक्न कडाइका साथ लागि पर्ने बताए । ‘अब बलात्कारका घटना रोकिन्छन् । महिला हिंसाका विरुद्ध जागरण अभियान पनि चलाइन्छ’ प्रधानमन्त्री ओलीले भने, ‘कडा कानुन बनाएर कार्यन्वयन पनि गरिन्छ ।’ उनले आफू भ्रष्टाचारप्रति असहिष्णु हुने कुरा दोहोर्याएका छन् ।

प्रधानमन्त्री ओलीले सांसदहरुलाई मर्यादामा बस्न निर्देशन दिएका छन् । जनताको मतले आफूहरु सांसद भएकोले हरेक गतिविधि जनताको हितका निम्ति गर्न प्रधानमन्त्रीले सांसदहरुलाई सम्झाएका थिए ।

कार्यक्रममा नेकपा(एमाले), नेकपा(माओवादी केन्द्र), संघीय समाजवादी फोरम, राष्टिकय जनता पार्टीका प्रतिनिधिसभा, राष्टिकयसभा र प्रदेशसभाका सांसदहरुको उपस्थिति थियो ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com