आगामी दिनमा भारतको अझ धेरै सहयोग रहनेछ : जोली

काठमाडौं, ३० फागुन । भारतीय जनता पार्टीका नेता विजय जोलीले आगामी दिनमा नेपालमा भारतको अझ धेरै सहयोग रहने बताएका छन् । उनले केपी शर्मा ओलीको नेतृत्वको सरकारलाई भारत र भाजपाको पूर्ण समर्थन रहेको बताएका छन् ।

उनले भने, ‘एमाले अध्यक्ष ओलीजीको नेतृत्वमा गठन भएको नयाँ सरकारलाई हाम्रो पूरापूर सहयोग रहन्छ, म यही मञ्चबाट भन्न चाहन्छु कि आगामी दिनमा अझै धेरै सहयोग रहने रहन्छ ।’

उनले ओली नेतृत्वको वर्तमान सरकार आगामी ५ वर्षको लागि गठन भएकोले यसले नेपालको समग्र विकास, शान्ति, सुशासन, समृद्धि र राजनीतिक स्थायित्वको लागि काम गर्न सफल हुनेमा आफू पूर्ण विश्वस्त रहेको स्पष्ट पारे ।

जोलीले भने, ‘हाम्रो आशा छ, यस जनादेश अनुसार अब नेपालमा राजनीतिक स्थायित्व हासिल भएर आर्थिक समृद्धि हुन्छ, ओली नेतृत्वको सरकारले नेपालमा विकास र समृद्धिमा कायापलट गर्छ ।’


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com