सीके राउतसँग ‘सेल्फी’ लिन सर्वसाधारणको भीड

राकेश यादव, रौतहट, ३० फागुन । नेपालमा कुनै सेलिब्रिटीभन्दा कम क्रेज छैन स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सीके राउतको । उनी काठमाडौं आउँदा वा अन्य कुनै जिल्लामा जाँदा सर्वसाधारणहरु राउतसँग एउटा सेल्फी लिन पछि पर्दैनन् ।

राउत बुधबार तारीख लिन रौतहट आएका थिए । नेपाल सरकार वादी रहेको राज्य विप्लव मुद्दामा तारीख लिनका लागि राउत रौतहट जिल्ला अदालतमा हाजिर भएका थिए । प्रतिवादी बनाइएका राउत अदालत परिसरमा प्रवेश गरेपछि सर्वसाधारणको भीड लागेको थियो ।

गठवन्धनका रौतहट संयोजक अशोक सिंह राजपूत, सहसंयोजक विरेन्द्र साहसहित अदालत आएका राउतलाई समर्थकहरुले भेटघाट गरेका थिए ।

राउत रौतहट आएको थाहा पाएपछि स्थानीयहरु नाम सुनेको भए पनि प्रत्यक्ष हेर्न पाउने आशाका साथ अदालत भित्र र बाहिर अधिक संख्यामा उपस्थित भएका थिए ।

करीव आधा घण्टासम्म अदालतमा बसेका राउतको बढी समय समर्थकहरुले सेल्फी लिनमा नै उपयोग गरेका थिए ।

अदालतले राउतलाई २०७५ बैशाख १२ गते हाजिर हुने गरी तारीख तोकेको छ ।

तारीख लिएर संयोजक राउत फिर्ता भएको जिल्ला संयोजक सिंहले जानकारी दिएका छन् । संचारकर्मीहरुले विचार राख्न अनुरोध गर्दा पनि वक्तव्य दिन डाक्टर राउतले इन्कार गरेका थिए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com