ओली मधेश जाऊ (सम्पादकीय)

यसै वर्षको प्रारम्भमा भएको पहिलो चरणको स्थानीय तहको निर्वाचनको पूर्व सन्ध्यामा एमालेले चुनावी तयारीसँगै ‘पच्चीसवर्षे विकास र समृद्धिको दीर्घकालीन’ योजना ल्याएको थियो । वि.सं. २०९९ सम्म विकासशील हुँदै विकसित मुलुकको दर्जामा पु¥याउने गरी नीतिगत, संरचनागत र कानुनी आधार तयार पार्ने उद्देश्यले ‘पच्चीसवर्षे विकास र समृद्धिको दीर्घकालीन’ योजना ल्याइएको थियो । पच्चीस वर्षमा नेपाललाई समृद्धिको उचाइमा पु¥याउन गर्नुपर्ने तात्कालिक काम र दीर्घकालीन कामका सन्दर्भमा नीतिगत, संरचनागत र कानुनी आधारका लागि यस्तो योजना ल्याएको त्यति बेला एमालेकै नेताहरूले बताएका थिए ।


त्यति बेला पार्टी अध्यक्ष केपी ओलीले आर्थिक विकासका लागि १० वर्ष नै काफी रहेको दाबी गरेका थिए । २०९९ सम्म देशलाई अचम्मित हुने गरी समृद्ध र विकसित बनाउने गरी योजना बनाइने उनको भनाइ र गराइबीचको तादातम्य मिल्न सकेको छैन । कारण, उनै ओली प्रधानमन्त्री बनेका छन् तर देशलाई विकासको मार्गमा डो¥याउने जिम्मेवारी उनकै काँधमा छ । एमालेको उक्त ‘पच्चीसवर्षे विकास र समृद्धिको दीर्घकालीन’ योजनामा मधेश पनि समेटिएको थियो ।

मधेशका लागि एमालेले अब के गर्नु पर्छ भन्ने एउटा बहसको विषय पनि बनिनु पर्छ । मधेश एउटा उर्वरभूमि हो । ज्ञान–विज्ञानको तपोभूमि, पूर्वीय दर्शनको खानी, ऋषिमुनिहरूका तपोवन, दुनियाँसँग लडाइँ लडेर वीरता देखाएको, काममा सबैले पत्याएको, ऊर्जावान् युवाहरूको प्रदेश, विश्वशान्तिको सन्देश फैलाउने गौतम बुद्धको जन्मस्थल पनि हो मधेश तर उही मधेश विकासको दृष्टिले पछि परेको छ ।

स्मरणीय के छ भने ओलीले आफ्नो पहिलो कार्यकालमा ल्याएको बजेटमा मधेशलाई साविकभन्दा उच्च प्राथमिकता दिएको थियो । तात्कालीन ओली नेतृत्वको सरकारले बजेटमा छुट्टयाइएका कार्यक्रमहरूले मधेशमा रोजगारी तथा जीवनस्तर उकास्न सघाउने विश्वास लिइएको थियो । खासगरी मधेशमा विकासको कमी भएको अनुभूति भइरहेको बेला त्यहाँका लागि महत्वपूर्ण विकास योजना ल्याइउनु जरूरी छ ।

मधेश विकासका पूर्वाधारका दृष्टिकोणले पछाडि परेको भन्ने आम अनुभूति छ यो सत्यलाई स्वीकार गर्दै अब अहिलेको एमाले नेतृत्वको वाम गठबन्धनको सरकारले अब पनि यो समस्यालाई सम्बोधन गरेन भने त्योभन्दा दुर्भाग्य अरू केही हुँदैन । मधेशमा महत्वपूर्ण मानिएको हुलाकी राजमार्गलाई द्रूत गतिमा अघि बढाउने व्यवस्था मिलाउने तात्कालीन एमालेको सरकारले ४ अर्ब २० करोड रूपैंयाँ विनियोजन गरेको थियो तर त्यसले अपेक्षाकृत रूप लिइसकेको छैन ।

विकसित मधेशका लागि केन्द्र सरकारले आगामी बजेटबाट के कस्ता कार्यक्रम ल्याउँने छ त्यो त हेर्न बाँकी नै छ तर एमालेको ‘पच्चीसवर्षे विकास र समृद्धिको दीर्घकालीन’ योजनामार्फत मधेशको समृद्धि कसरी गर्ने भन्ने बहस एमालेभित्र नहुनु अर्को चिन्ताको विषय हो । मधेशलाई विकास चाहिएको छ र त्यसका लागि प्रदेश र केन्द्र सरकार मिलेर जानु पर्छ । विकासको मिलनविन्दु कसरी पहिल्याउने त्यसका लागि प्रधानमन्त्रीले नै पहल गर्नु पर्छ ।
गत वर्ष फागुन २१ गते निर्वाचन अघि झापाबाट एमालेले आयोजना गरेको मेची–महाकाली अभियान सप्तरी आइपुग्दा मुठभेडमा परिणत भएको थियो जसमा पाँच जनाको मृत्यु भएको थियो ।

सप्तरीको मलेठमा भएको कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली पनि पुगेका थिए । सम्भवतः प्रधानमन्त्री बन्नु अघिसम्म ओलीको अन्तिम मधेश यात्रा मलेठ नै थियो । दोस्रो कार्यकालमा प्रधानमन्त्री बनेका ओली त्यसपछि मधेश गएका छैनन् । काठमाडौंमा बसेर मधेशको लागि यो गर्छु, यसो गर्छु भन्दा एकपटक स्वयम् प्रधानमन्त्रीको हैसियतमा मधेश पुगेर त्यहाँको जनजीविका, जनताको पीडा र दुःख तथा सरोकारका विषयमा आफैले साक्षात्कार गरेको भए यसले सकारात्मक सन्देशको प्रवाह गर्नेछ ।

तसर्थ, अहिलेको एमाले नेतृत्वको सरकारले मधेशलाई पहिलो एजेन्डामा राखेर मधेशको वृहत्तर हितको पक्षमा कार्यक्रम ल्याउनु जरूरी छ अनि मात्र मधेशी जनताले एमाले मधेश विरोधी होइन भन्ने विश्वास गर्न सक्छ । एमाले मधेशको विपक्षमा उभिएको पार्टी होइन भन्ने देखाउनका लागि भए पनि एक पटक प्रधानमन्त्री तथा एमाले अध्यक्ष मधेशको सबै आठ वटै जिल्लाको भ्रमण गरी मधेशी जनतामा एमालेप्रति रहेको नकारात्मक भावलाई हटाउनु जरूरी छ । यो मधेशभन्दा बढी एमालेकै हितमा छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com