‘नयाँ वर्षको बहार आइएमई गर्दा उपहारै उपहार’

काठमाडौं, ९ चैत । आइएमई लिमिटेडले नयाँ वर्ष २०७५ लाई लक्षित गरी ‘नयाँ वर्षको बहार आइएमई गर्दा उपहारै उपहार’ नामक व्यापार प्रवद्र्धनात्मक योजना सार्वजनिक गरेको छ ।

चैत १ गतेदेखि २०७५ जेठ मसान्तसम्म गरी तीन महिना कायम हुने यस योजनाअन्तर्गत विदेशबाट आइएमई गर्ने सेवाग्राहीहरूले साप्ताहिक ‘लक्की ड्र«’मा डिस होम, मासिक ‘लक्की ड्र«’मा स्मार्ट फोन र बम्पर ‘लक्कीड्र«’ मा ४२ इन्चको एलइडी टिभी प्राप्त गर्न सक्नेछन् ।

योजना अवधिमा गरिएका कारोबारहरुको ‘लक्की ड्र’ ट्रान्जेक्सन नम्बरका आधारमा सफ्टवेयर पद्धतिमार्फत हुने र सोको जानकारी कम्पनीका आधिकारिक सामाजिक संजाल पेज र संचारका माध्यममार्फत सार्वजनिक गरिनेछ ।
त्यस्तै, मलेसियास्थित रिया आइएमईले नेपाली नयाँवर्ष २०७५ को अवसरमा ‘न्यू इयर बोनन्जा’ स्किम सार्वजनिक गरेको छ ।

यो योजना चैत ०६, ०७४ देखि वैशाख १७, ०७५ (तदनुसार २० मार्चदेखि ३० अप्रील, २०१८ ) गरि ४० दिनसम्म कायम हुनेछ । योजनाअन्तर्गत मलेसियास्थित रिया आइएमईबाट आइएमई गर्नुहुने सेवाग्राहीहरूले पाक्षिक रुपमा स्मार्ट फोन र महिनाको अन्त्यमा ३२ इन्चको एलइडी टिभी प्राप्त गर्न सक्नेछन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com