सिटिजन्सद्वारा वीरगन्जमा आफ्नै सुविधा सम्पन्न भवनबाट बैंकिङ सेवा सञ्चालन

काठमाडौं । ‘योर पार्टनर फर प्रोग्रेस’ भन्ने नारालाई शिरोधार्य गरी अनवरत रुपले नेपाली जनताको घरदैलोमा बैंकिङ सेवा पु¥याउँदै आएको सिटिजन्स बैंक इन्टरनेशनलले चैत ११ गते आइतबारदेखि हाल रहेको कार्यालयभन्दा करिब एक सय ५० मिटर दक्षिणमा रहेको रानीसती मन्दिरसँग टाँसिएको आफ्नै सुविधा सम्पन्न भवनमा स्थानान्तरण गरी बैंकिङ कारोबार सञ्चालन गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले पूजा पाठ गरी बैंकिङ कारोबार सुरुवात गरेका हुन् । करिब छ हजार वर्ग फिटमा फैलिएको उक्त शाखाको उद्घाटन समारोहमा जिल्लाका उच्च पदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । बैंकले देशभर फैलिएर रहेका ६८ वटा शाखा, ६५ वटा एटीएम काउन्टर र ९९ वटा शाखारहित आधुनिक बैंकिङ सेवाहरुबाट सेवाग्राहीहरुलाई सेवा दिईरहेको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com