सीताराम दुध प्रालिको पहिलो बिक्रि केन्द्रको उद्घाटन

काठमाडौं । सीताराम दूध प्रालिले काठमाडौको कुलेश्वरमा पहिलो बिक्रि केन्द्र संचालनमा ल्याएको छ । यसअघि अन्य विक्रेतलाई मात्रै दूध बिक्रि वितरण गर्दै आएको सीता रामको पहिलो बिक्रि केन्द्रको कलाकार दिपाश्री निरौला र जितु नेपालले उद्घाटन गरेका छन् ।
कार्यक्रममा कलाकार दिपाश्री निरौलाले कुलेश्वरमा खुलेको केन्द्र पहिलो भएपनि यसले उपभोक्तालाई सहज हुने विश्वास व्यक्त गरिन् । उनले आगामी दिनमा अझ बढी ठाउँमा बिक्रि केन्द्र खोलेर सेवा विस्तार गरेमा झनै राम्रो हुने सुझाव दिइन् ।
यसैगरी जितु नेपालले अधिकांश नेपालीहरु क्रमश स्वास्थ्य प्रति सचेत हुँदै गएको र दूग्ध जन्य पदार्थमा उपभोक्ताहरु बढ्दै गएकाले बजारको माग अनुसार स्वस्थर गुणस्तरिय सेवा दिने विश्वास व्यक्त गरे ।
२४ बर्ष अघि स्थापना भएको सीताराम दूध डेरीले पछिल्लो समय नेपाली बजारमा दूधको माग बढ्दै गएकोले बिक्रि केन्द्र खोलेर सेवा दिनु सुरु गरिएको सीताराम गोकुल मिल्सका प्रबन्ध निर्देशक सुमित केडियाले बताए ।
उनले बजारमा अस्वस्थ प्रतिस्पर्धा भएकै कारण आफूहरु पनि बिक्रि केन्द्र खोलेर बजारमा आएको प्रष्ट पार्दै भने – ‘हामी आगामी दिनमा काठमाडौका हरेक मुख्य मुख्य स्थानमा बिक्रि केन्द्र खोल्ने सोँचमा छौँ ।’


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com