श्री ५ को सरकार र नेपाल सद्भावना पार्टीबीच भएको सम्झौता


मिति ः २०५५÷०७÷२६

श्री ५ को सरकारको ध्यानाकर्षणका लागि नेपाल सद्भावना पार्टीद्वारा विभिन्न मागहरू राखी चरणबद्ध
रूपबाट गर्दै आएको तेस्रो चरणको कार्यक्रम अनिश्चितकालीन भूख हड्तालको सिलसिलामा आज २६ कार्तिक २०५५ का दिन श्री ५ को सरकारको प्रतिनिधि र नेपाल सद्भावना पार्टीको प्रतिनिधिबीच निम्न सहमतिमा समाप्त भएको छ ।
१. नेपाल सद्भावना पार्टीद्वारा ०५५ भाद्र १ गते सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष प्रस्तुत ज्ञापन–पत्रमा उठाइएका मागसँग सम्बन्धित संविधान संशोधनको विषयमा श्री ५ को सरकारले सबै राष्ट्रिय मान्यता प्राप्त दलहरूको बीच उपयुक्त निकासको खोजी गर्न आवश्यक विचार विमर्श गरी पहल गर्नेछ ।
२. बेराजगारी समस्या हटाउन र महँगीलाई नियन्त्रण गर्न श्री ५ को सरकार पूर्ण रूपले कटीबद्ध रहेको छ र यसलाई समाधान गर्न सरकार निरन्तर प्रतिबद्ध रहनेछ ।
३. कार्तिक २३ गते नेपाल सद्भावना पार्टीद्वारा सञ्चालित कार्यक्रमको सिलसिलामा सुनसरी, नवलपरासीलगायतका जिल्लाहरूमा प्रहरीद्वारा भएको लाठीचार्जबारे श्री ५ को सरकारद्वारा १५ दिनभित्र वास्तविकता छानबिन गरिनेछ र यस सन्दर्भमा गिरफ्तार भएका नेपाल सद्भावना पार्टीका कार्यकर्ताहरूलाई २४ घन्टाभित्र रिहा गरिनेछ ।
श्री ५ को सरकारको तर्फबाट
अर्जुननरसिंह के.सी.
शिक्षामन्त्री
शिक्षा मन्त्रालय
नेपाल सद्भावना पार्टीको तर्फबाट
श्री रामेश्वरराय यादव
उपाध्यक्ष
श्री शैलेशकुमार चौधरी
महा–सचिव
श्री भोगेन्द्र ठाकुर
संयुक्त महा–सचिव


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com