महालक्ष्मी विकास बैंकद्वारा धनगढीमा निःशुल्क स्वास्थ्य परिक्षण तथा रक्तदान कार्यक्रम

काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको महालक्ष्मी विकास बैंक लि. को धनगढी शाखाले गत शनिबार निःशुल्क स्वास्थ्य परिक्षण र रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकका निवर्तमान संचालक मोतिसिंह धामीको सभापतित्वमा संचालन भएको कार्यक्रममा प्रदेश नं. ७ का आर्थिक मामिला तथा योजना मन्त्रालयका मन्त्री झपट बोहरा प्रमुख अतिथि रहेका थिए ।
सामाजिक विकास मन्त्रालयमा कार्यरत डा. चेतराज जोशीले सभापति र प्रमुख अतिथिको रक्तचाप जाँच गरि उद्घाटन गरिएको सो कार्यक्रममा १६५ जनाले निःशुल्क स्वास्थ्य परीक्षण र शाखा प्रबन्धक चेतराज पाण्डेय लगायत २६ जनाले रक्तखान गरेका थिए । बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com