‘वृज सिमेन्ट : उर्जा जसको कुनै बिकल्प छैन’

काठमाडौं, २१ चैत । वृज सिमेन्ट इण्डष्ट्रीज प्रा.लिकेडिया अर्गनाईजेशन अन्तर्गत एउटा प्रभाग हो । यो कम्पनी भैरहवा–लुम्विनी (रुपन्देही जिल्ला) मा अवस्थित छ । वृज सिमेन्ट उद्योगले पोर्टल्याण्ड पोजोलाना सिमेन्ट (पि.पि.सि.), साधारण पोर्टल्याण्ड सिमेन्ट (ओ.पि.सि) र पोर्टल्याण्ड स्लाग सिमेन्ट (पि.एस.सि.) सिमेन्ट उत्पादन गरि विक्री वितरण गर्दैै आइरहेको छ । कम्पनीले साधारण पोर्टल्याण्ड सिमेन्ट (ओ.पि.सि) मा वृज सुपर प्रिमियम र शंकर शक्ति उत्पादन गर्दछ भने, पि.पि.सि. सिमेन्ट अन्तर्गत वृज, जम्वो, लक्ष्मी, वृज गोल्ड, वृज सुपरकिंग्स र स्र्माट सिमेन्ट व्राण्डहरु उत्पादन गर्दछ र पि.एस.सि. सिमेन्ट अन्तर्गत वृज सुपर पावर व्राण्डउत्पादन गर्दछ ।गुणस्तरीय उत्पादन र सहज आपुर्तिको व्यवस्थापनका कारण नै देशको अधिकाशं स्थानमा यसको माग भै बिक्री वितरण हुनाले वृज सिमेन्ट समस्त देशवासीकोे चिरपरिचित, निर्माण जगतको साथी तथा नेपालको एक अग्रणि सिमेन्ट उद्योगको रुपमा स्थापित भएको छ । यसका अलवा विभिन्न क्षेत्रहरुमा यसले आर्थिक, प्राविधिक र अन्य सहयोग गर्दै आफनो सामाजिक दायित्व निर्वाहमा अहं भुमिका बहन गरेको छ ।

बर्षौदेखि आफनो ग्राहकहरुबाट पाएको माया र बिश्वास जित्न सफल भएको कारण आफना उत्पादनलाई ग्राहकहरुको वीचमा विश्वासका साथ गुणस्तर र मजवुतीलाई अझ दरिलो बिश्वसनीय सम्बन्ध निर्माण गर्नको लागि नयाँ ढंगवाट नयाँ उर्जा सहित वजार प्रर्वधन शुरुबातको क्रममा आजबाट दोश्रो संस्करणको थालनी भएको छ वृज सुपर प्रिमियम ओपिसी सिमेन्टको । उत्पादनको बजार प्रर्बधनका क्रममा नेपालका विभिन्न क्षेत्रमा ख्याति कमाएका तथा नेपाललाई अन्र्तराष्ट्रिय स्तरमा परिचित गराउने व्यक्तित्वहरुलाई बृज सिमेन्टले चिनाउन कोशिष गरेको छ ।

यसभन्दा अगाडि चर्चित युवा फुटवल खेलाडी नवयुग श्रेष्ठ, नेपाली क्रिकेट जगतका चर्चित खेलाडी एवं टिम क्याप्टेन शरद भेसवाकर , नेपालको मनाङ्ग तथा मुस्ताङ्गलाई वायरलेस इन्टरनेटवाट जोडि सुचना प्रविधि मार्फत परिचित गराउने नेपालको पहिलो व्यक्तित्व एवं एशियाको नोवेल पुरस्कारको नामले चिनिने म्यागासेसे पुरस्कार विजेता महावीर पुन तथा विभिन्न सामाजिक क्षेत्रमा कार्यरत सन् २०१६ को मिस नेपाल अस्मी श्रोष्ठ सहित ४ जनालाई वृज सिमेन्टले एशोसिएट गरिसकेको छ ।

यस पटक मिस नेपाल २०१७ निकिता चाण्डक , बिश्व अल्ट्रा धाबक मिरा राई जसले युरोपियन म्याराथन १०२ किलोमिटरमा महिला सहभागिमा पहिलो तथा समग्रमा दोश्रो भइ नेपाललाई अन्र्तराष्ट्रिय क्षेत्रमा आफनो उर्जाको बिकल्प नभएको प्रतिभा र योगदान प्रस्तुत गरिसकेकी छिन, यसको साथसाथै साइकलको व्यारेल चलाउदै बिश्वका १५० देशहरु परिक्रमा गर्ने साहसिक व्यक्तित्व पुष्कर शाह जो अदम्य साहसका साथ आफनो असिमित उर्जालाई चन्द्र र सुर्य अंकित झण्डा बोकेर सिंगो नेपाल बिश्वमा लिएर हिडेका थिए जसको उर्जा १५० देशमा हुदै नेपाल आइपुग्यो , यस्तै बिश्वको सर्वोच्च शिखर सगरमाथा २१ औं पटकसम्म चुमेर बिश्व किर्तीमानी कायम गर्न सफल कामिरिता शेर्पा एशोसिएट गरि व्राण्ड एम्वेसेडरको रुपमा लिएको छ ।

कामीरिता शेर्पा आफनो असिमित उर्जालाई पुन उजागर गर्दै यही २०१८ मा पुन बिश्व किर्तीमानका लागि एवं गिनिज बुक अफ बल्र्ड रेकडमा सर्वोच्च शिखर सगरमाथा , नेपाल र आफुलाई चिनाउन यही महिनामा सगरमाथा आरोहणको तयारीमा रहनुभएको छ ।

उहाहरुको अदम्य साहस तथा देशप्रतिका माया एवं योगदानमा बृज सिमेन्ट एक पुलको रुपमा कार्य गर्न चाहन्छ र उहाँहरुको हरेका कदमले देशको नाम राष्ट्रिय तथा अन्र्तराष्ट्रिय मञ्चमा सदैव उचो राख्न सफल भएको छ यो उहाँहरुमा भएके असिमित उर्जालाई बृज सिमन्ट सलाम गर्दछ । उहाँहरुसँग वृज सुपर प्रिमियम ओपिसी सिमेन्टले सहकार्य गर्न पाउँदा कम्पनीे आफुलाई गौरवान्वित भएको महसुश गर्दछ । वृज सुपर प्रिमियम ओपिसी सिमेन्टको समृद्ध नेपाल निर्माण गर्ने उदेश्य र उहाँहरुको आफनै विभित्र क्षेत्रमा योगदान दिनुभएको उर्जाले पक्कै पनि नेपाल एक मजवुत राष्ट्र वन्नेछ, कम्पनीले जनाएको छ
गुणस्तरिय उत्पादनहरुप्रति सदैव प्रतिवद्ध वृज सिमेन्ट इण्डष्ट्रिज प्रा.लि. ISO 9001:2008 वाट प्रमाणित छ साथै यसका उत्पादनहरु वृज सिमेन्टका पिपिसी ब्राण्डहरुल ल्क् घडछ एवं वृज सिमेन्टका ओ पि सि ब्राण्डहरु ल्क् द्धढ वाट प्रमाणित भइसकेका छन् । वृज सिमेन्ट इण्डष्ट्रीज प्रा.लि. ले आफनो उत्पादन १५ बर्षदेखि निरन्तर रुपमा वजारमा ल्याइरहेको छ । उच्च प्रविधि, दक्ष जनशक्ति र वर्षौ वर्षको विश्वास रहेको वृज सिमेन्ट इण्डष्ट्रिजले गुणस्तरीय उत्पादनमा कुनै पनि सम्झौता नगर्ने कुरा कंपनीका सिनियर मार्केटिङ्ग एण्ड व्राण्ड म्यानेजर अमित श्रेष्ठ वताउनु हुन्छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com