प्रधानमन्त्री ओलीद्वारा महात्मा गान्धीप्रति श्रद्धाञ्जली

नयाँदिल्ली, २४ चैत । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँदिल्लीको राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन् ।

प्रधानमन्त्री ओलीले समाधिस्थलमा पुष्पगुच्छा अर्पण गरेका थिए भने त्यहाँ रहेको पुस्तिकामा हस्ताक्षर र गान्धीप्रति श्रद्धाञ्जलीसहित उनको स्मरण गरेका थिए ।

श्रद्धाञ्जली पुस्तिकामा प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘महात्मा गान्धी भारतका मात्र नभइ संसारकै अमर व्यक्तित्व हुनुहुन्छ, उहाँले हामीलाई प्रेम, सत्य र अहिंसा सिकाउनुभएको छ, यो मानव जातीको उच्च गुण हो ।’ फोटो साभार ः वीरेन्द्र केएम


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com