जनता बैंक नवौँ वर्षमा प्रवेश

काडमाडौं । जनता बैंक ८ वर्ष पुरा गरि नवौँ वर्षमा प्रवेश गरेको छ । बैंकले नवौँ वर्ष प्रवेशको अवसरमा शुक्रबार बैंकिङ साक्षरता सम्बन्धि चेतनामूलक कार्यक्रम सहित प्रभातफेरि सम्पन्न गरेको छ ।
त्यस्तै बैंकले निः शुल्क स्वास्थ शिविर र रक्तदान कार्यक्रम पनि गरेको छ । नागरिक समाज प्रतिष्ठानका ज्येष्ठ नागरिकलाई २५ हजार रुपैयाँ र समाज कल्याण आँचल अनाथालयका विद्यार्थीलाई १० हजार रुपैयाँ बराबरको खाध्यान्न सहयोग गरेको पनि बैंकले जानकारी दिएको छ ।
बैंकले देशभरीका ४४ जना विद्यार्थीलाई २ लाख २० हजार रुपैयाँ बराबरको छात्रवृत्ति वितरण गरेको थियो। बैंकले हाल १०६ वटा शाखा कार्यालयमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com