काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स र नेपाल इन्स्योरेन्सबीच जोखिमबहन सम्झौता भएको छ । ती दुई वित्तिय संस्थाबीच घातक रोग सम्बन्धी जोखिमबहन सम्झौता सम्पन्न भएको हो ।
सम्झौतामा प्राइमलाइफ इन्स्योरेन्स कम्पनी लि. को तर्फबाट प्रमुखकार्यकारी अधिकृत श्री मनोज कुमार भट्टराई र नेपाल इन्स्योरेन्स कम्पनी लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री बिजयबहादुर शाहले हस्ताक्षर गर्नुभएको कम्पनीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
उक्त सम्झौता भएपश्चात प्राइमलाइफ इन्स्योरेन्स कम्पनी लि.ले जारी गर्ने विभिन्न जीवन बीमा योजनाहरुमा विभिन्न घातक रोगहरुको जोखिम वहन गर्ने गरी प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका राज्यभर रहेका कार्यालयहरुमार्फत बीमितहरुलाई स्तरीय सेवा उपलब्ध हुने विज्ञप्तिमा जनाइएको छ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको हाल चुक्ता पूजी १ अर्ब ७८ करोड ४८ लाख ३५ हजार रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।