सलमानको “दबङ्ग द टुर” काठमाडौंमा जेठ १२ गते हुने

काठमाडौं । गत फागुनमा स्थगित भएको बलिउड अभिनेता सलमान खानको काठमाडौं आउने कार्यक्रम जेठ १२ मा हुने भएको छ । मुम्बईस्थित जेए इभेन्ट्सले नेपालमा आयोजक रहेको ओडीसी इन्टरटेनमेन्टलाई पठाएको पत्रमा मे २६ तारिख (जेठ १२) मा सलमानको दबङ टूर नामक काठमाडौंमा हुने उक्त कार्यक्रमको समय निश्चित गरिएको उल्लेख छ ।

सलमान खानसहित सोनाक्षी सिन्हा, कृति सनोन, प्रभु देवा, दिशा शाह, मिट ब्रस, मनिष पल र डान्सरहरु सोका लागि निश्चित गरिएको समेत पत्रमा उल्लेख छ । काठमाडौंको टुँडिखेलमा गत फागुन २६ मा आयोजना गर्ने भनिएको दबङ टुर नामक उक्त कार्यक्रम विप्लव समूहको धम्कीलाई देखाउँदै अन्तिम समयमा स्थगित गरिएको थियो ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com