आइएमई जनरल इन्स्योरेन्स र मौरीपालन केन्द्रीय सहकारी संघबीच मौरीको बीमा गर्ने सम्झौता

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपाल मौरीपालन केन्द्रीय सहारी संघ लिमिटेड संघसँग आवद्ध मौरीपालक कृषकहरुको मौरीको बीमा गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव महाप्रबन्धक शरण रेग्मी र नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ लिमिटेडका अध्यक्ष अर्जुन प्रसाद पोखरेलले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पश्चात नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ लिमिटेडसँग आवद्ध सबै मौरीपालक कृषकहरुको मौरीको बीमा हुनेछ । सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव महाप्रबन्धक शरण रेग्मीले बीमा बजारमा मौरीको बीमा गर्ने बीमालेख भएतापनि आजसम्म खासै मौरीपालक कृषकहरुले आफ्ना मौरीहरुको बीमा गराईनसकेकोे अवस्थामा संघसँगको सम्झौताबाट थोरै बीमा शुल्कबाट मौरीपालक कृषकहरुले आफना मौरीको बीमा गरी ढुक्कसँग आफ्नो व्यावसायलाई विस्तार गर्न उत्साह पुग्ने अपेक्षा गर्दै नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ लिमिटेडले आफ्ना सदस्य कृषकहरुको व्यावसायिक हितलाई सदैव ध्यानमा राखी सराहनीय कार्य गरेकोमा संस्थाका अध्यक्ष लगायत संचालक समितिलाई धन्यवाद दिए ।

साथै सोही अवसरमा संस्था तथा संस्थासँग आवद्ध सदस्यहरुलाई आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त गर्नसक्ने हुनाले ढुक्क भएर सेवा लिन आव्हान गरे ।

उक्त कार्यक्रममा कम्पनीका नायव महाप्रबन्धक शरण रेग्मीले कम्पनीले बैंक तथा वित्तीय संस्थाहरु, व्यापारिक प्रतिष्ठानहरु, उद्योगी तथा व्यापारी लगायत सम्पूर्ण ग्राहकहरुसँग सुमधुर सम्बन्ध स्थापित गरी व्यवसाय विस्तार गर्दै बीमा क्षेत्रमा उच्चकोटीको सेवा प्रदान गर्दै कम्पनी अगाडी बढिरहेको जानकारी दिए । सोही अवसरमा कम्पनीका नायव महाप्रबन्धक पवन थापाको पनि उपस्थिीति रहेको विज्ञप्तिमार्फत जनाइएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com