बारा पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

कलैया, २६ चैत । बारा पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयको सहकार्य र जिल्ला खोप समन्वय समिति बाराद्वारा आयोजित कार्यक्रममा प्रदेश नं २ का भौतिक पूर्वाधारमन्त्री जीतेन्द्र सोनलले बारालाई पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा गरेको हो ।

सो अवसरमा मन्त्री सोनलले पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा हुनु सकारात्मक रहेको बताउँदै यस कार्यमा सहयोग गर्ने सम्पूर्ण स्वास्थ्यकर्मी र जिल्लावासीलाई धन्यवाद दिए ।

बारा जिल्लामा १७ हजार ७९० जना बालबालिकालाई विभिन्न प्रकारका खोप लगाइएको जिल्ला जनस्वास्थ्य कार्यालय बाराका खोप प्रमुख सुनील श्रीवास्तवले जानकारी दिए । जिल्लामा ५०४ खोप केन्द्रबाट एघार प्रकारका रोग विरुद्ध सात प्रकारका खोप लगाइँदै आइरहेको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com