माछापुच्छ्रेको क्यास ब्याक अफर

काठमाडौं । माछापुच्छ्रे बैंकले नयाँ वर्ष २०७५ को अवसरमा बैंकबाट जारी भएका भिसा चिप कार्डहरुलाई १० प्रतिशत क्यास ब्याक अफर ल्याएको छ । यस अफरमा बैंकबाट जारी डेबिट कार्ड, क्रेडिट कार्ड र प्रिपेड कार्ड प्रयोग गरी सामान खरीद गर्दा वा हुने बैंकले जनाएको छ ।
कारोबारको संख्यामा कुनै सीमा नभएको र प्रत्येक खरीद वा भुक्तानीमा ग्राहकले क्यास ब्याक पाउने बैंकले जनाएको छ । ग्राहकले पाउने फिर्ता रकम महिनाको अन्त्यमा बैंकले ग्राहकको खातामा जम्मा गरिदिने व्यवस्था गरिएको छ ।
साथै बैंकले यो अफर सीमित अवधिको लागि ल्याएको र बजारमा उत्कृष्ट अफरको रुपमा आएकोले यसबाट अत्याधिक लाभ लिन ग्राहकहरुलाई आव्हान गरेको छ । यो अफर चिप कार्डमा मात्र लागू भएकोले बैंकले चिप कार्ड नभएका ग्राहकहरुलाई आफ्नो कार्डलाई चिप कार्डमा परिवर्तन गर्न समेत आव्हान गरेको छ । नयाँ वा पुराना ग्राहकले नजिकको शाखाबाट तुरुन्त चिप कार्ड पाउने व्यवस्था समेत गरिएको बैंकले जनाएको छ ।
बैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ६२ वटा शाखाहरु, ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत १४ शाखा रहित बंैकिङ्ग सेवा समेत गरी जम्मा ८० स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर ८६ वटा एटीएमहरु संचालनमा रहेको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com