कपिलवस्तुमा प्रदेशस्तरीय क्रिकेट प्रतियोगिता सुरु

मणि प्रसाद गैह्रे, कपिलवस्तु, २७ चैत । कपिलवस्तुको शिवराज नगरपालिका शिवपुरमा रहेको शिवशक्ति युवा क्लबको आयोजनामा प्रदेशस्तरीय खुल्ला टि–२० न्यू इयर कप २०७५ क्रिकेट प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ ।

कपिलवस्तु क्षेत्र नं. ३ बाट निर्वाचित सांसद अभिषेक प्रताप शाहले खेलको उद्घाटन गर्दै खेल र खेलाडीहरुलाई राज्यले उचित व्यवस्थापन गर्न विशेष किसिमको व्यवस्था गर्नुपर्ने बताए ।

उनले खेलाडीहरुको पारिश्रमिक र खेल व्यवस्थापनका विषयमा संसद् बैठकमा कुरा राख्ने बताए । छिमेकी मुलुक भारत, पकिस्तान, बंगलादेश लगायत दक्षिण एशियामा जस्तो मुलुकमा क्रिकेट खेललाई राष्ट्रिय दर्जाको रुपमा दिएको छ, नेपालमा पनि यसलाई राष्ट्रिय दर्जाको रुपमा अघि बढाउनका लागि ध्यान दिनुपर्ने बताए ।

नेपाली क्रिकेट टोलीले अन्तर्राष्ट्रिय जगतमा पछिल्लो समयमा खेल सुधार्दै नेपालीहरुको शिर उच्च गरेको भन्दै सांसद शाहले खुलेर प्रशंसा गरे । शाहले नेपालको खेलकुद क्षेत्रले छोटो समयमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पाएको सफलताले खेलकुदमा प्रभावकारी काम गर्न सके छिट्टै सफलता हासिल गर्ने विश्वास व्यक्त गरे ।

स्थानीय स्तरमा रहेका खेलाडीहरुलाई संरक्षण गर्दे उनीहरुलाई पनि राष्टिय स्तरसम्म लैजन आफूले सक्दो पहल गर्ने सांसद शाहले बताए ।

शिवपुर कलौनीमा सुरु भएको खेलमा १० टिमको सहभागिता रहेको आयोजक संस्थाले जनाएको छ । कपिलवस्तुको पहिचान र खेलको सम्मान, अनुशासित र मर्यादित समाज निर्माण गरी राष्ट्रलाई विकास गर्ने उद्देश्यले खेल अयोजना गरिएको शिवशक्ति युवा क्लब खेल व्यवस्थापक मोहन पौडेलले बताए ।

प्रदेशस्तरीय क्रिकेट खेलमा प्रदेश प्रदेश ५ का सबै जिल्लाका १५ वटा क्रिकेट समूहले सहभागिता जनाएको आयोजक सस्थाका अध्यक्ष जयवल्लभ भट्टराईले जनाए । खेलको विजेताले नगद ६० हजार, उपविजेताले ३० हजार प्राप्त गर्नेछन् । खेल २०७५ बैशाख ५ गतेसम्म चल्ने छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com